सोसल मिडिया
युनिकोड
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा त्रिवि अस्पतालका तत्कालीन मुख्य प्राविधिक सहायक भण्डारीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार एसएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएकाले भण्डारीविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २०५४ साल भदौ १७ गतेबाट ल्याब व्वाइ पदमा स्थायी नियुक्त हुन र २०६९ साल कार्त्तिक २४ गते मा वरिष्ठ ल्याव व्वाइ पदमा बढुवा हुने प्रयोजनका लागि माध्यमिक शिक्षा परिषद,उत्तरप्रदेशबाट हाइस्कुल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएकाले निजलाई साविक भ्रष्टाचार निवार ऐन २०५९ को दफा १६ को उपदफा (१)बमोजिम कसुरमा सजाय माग दावी गरिएको अख्तियारले जनाएको छ।