सोसल मिडिया
युनिकोड
संसदको गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका नेताहरू सहभागी छन्।
सहकारी ठगीमा जोडिएका मन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकाल्दै कांग्रेस सदन र सडक संघर्षमा उत्रिएको छ।
आज बुढानीलकण्ठमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए।
संविधानमै जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यात्मक व्यवस्था छ। आइतबार नीति तथा कार्यक्रमसमेत विरोधकैबीच पारित गरेर मंगलबार १ बजे बजेटका लागि सरकारले समय निर्धारण गरेको छ। लगातार सदन अवरुद्ध गरिरहेको कांग्रेसलाई सदन अबरोधको कारण देखाएर सत्तापक्षले प्रतिपक्षलाई दोष थोपारे अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने त्रास उत्तिकै छ।