सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेलाई किन दिए धन्यवाद ?

शुक्रबार, वैशाख १४, २०८१

सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई  धन्यवाद दिएका छन् । 

आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिईन ।

गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसके बताए । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने बताएका थिए । 

गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गरेका थिए । मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्