ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाको बेरूजु शून्य, कसले गर्यो नेतृत्व ?

सोमबार, जेठ १४, २०८१

राष्ट्रकै आर्थिक रोगका रूपमा परिचित बेरूजुले नछोएको क्षेत्रै कुनै छैन । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१ औं प्रतिबेदन सार्वजनिक गर्दै बेरूजुको डरलाग्दो चित्र सार्वजनिक गरेको छ । 

नियमनकारी निकायमा त झन् बग्रेल्ती बेरूजु छ। बित्तीय सुशासन कायम गर्न नसक्दा र नचाहदा बेरुजुको ग्राफ बढेको हो।

देशैभर बेरुजुको चाङ अत्यधिक बढेको प्रतिवेदनमै छ। तीन तहका सरकार बेरुजुले थलिएका छन् । तर, ताप्लेजुङको पाथीभरा याङ्गवरक गाउँपालिकाको बेरूजु भने छँदै छैन।

पाथीभरा याङवरक गाउँपालिकाको आ ब २०७९/८० मा  भएको अन्तिम लेखा परीक्षणमा शून्य बेरुजु आएको हो । एमालेका केशरकुमार सुब्बा अध्यक्ष र रनमाया गुरुङ उपाध्यक्ष रहेको सो गाउँपालिकाको बेरुजु शून्य रहेको प्रतिवेदनमा उल्लेख छ। 


बेरुजु शून्य हुँदा पालिकाको गरिमा त उसै बढेको छ। त्यहाँ काम गर्ने कर्मचारीको शीर पनि उँचो भएको छ।बढेको छ । मितब्ययी एवम् औचित्यपूर्ण खर्च प्रणाली र लगातारको मेहनतले पालिकामा आर्थिक सुशासन कायम छ भन्ने प्रमाणित भएको  त्यहाँ सोही आर्थिक वर्षमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका जनार्दन निरौलाको तर्क छ। निरौला पाँच महिना अघि सरुवा भएर झापाको बाह्रदशी गाउँपालिका हाँकिरहेका छन् ।

1716793464753-1716793489.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्