सोसल मिडिया
युनिकोड
आगामी आर्थिक वर्षको सुरुदेखि मन्त्रीहरूले नयाँ घरको नयाँ बिछ्यौनामै शयन गर्न पाउने भएका छन् ।
ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटरभित्रको अन्तिम चरणको कामको लगभग मैझारो हुँदैछ। मन्त्री क्वाटर निर्माणको जिम्मा पाएको शहरी विकास मन्त्रालयले काम सक्न तागेता गरेको छ।
मन्त्रीहरूलाई हरिहर भवनको निवासबाट भैसेपाटी सार्न शहरी विकास मन्त्री धनबहादुर बुढा दत्तचित्त भएर लागिपरेका छन् । उनले आजै मात्र शहरी सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्णाण विभागका महानिर्देशक कुमार घिमिरे लगायतलाई लिएर भैसेपाटीको निरिक्षण गरेका छन् ।
मन्त्रीहरूलाई साउनदेखि नयाँ निवासको ब्यबस्था गरिने वचन दिएको सुनाउदै मन्त्री बुढाले सोही अनुसार काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री निवासको साजसज्जाको काम मात्र बाँकी रहेको छ। गुणस्तर कायम राख्दै जतिसक्दो चाडो निर्माण सक्न मन्त्रीले निर्देशन दिएका हुन् ।
भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जस अन्तर्गत ८ आनामा भवन निर्माण गरिएको छ । राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए ।
सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि पनि भवन तयार पारिएको छ। मन्त्री बुढाको सक्रियताले प्रधानमन्त्री प्रचण्ड समेत खुसी छन् ।