देउवाले मन्त्र दिएर छ भाईलाई बालुवाटार पठाए, उताबाट यता को-को आए ?

सोमबार, जेठ १४, २०८१

बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड सँग भेटेका कांग्रेसका नेता भरे फेरि भेट्ने शर्तमा उठे । देउवा निवासमा एकसरो कुरा गरेर कांग्रेसका नेताहरू बूढानिलकण्ठ बैठकपछि बालुवाटारतर्फ लागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा बोलाएकाले जान लागेको एक नेताले बताए ।

पार्टी उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री जीवन परियार बालुवाटार जान निस्किएका हुन् । 

बैठकमा पार्टीका सभापति, पदाधिकारी र पूर्वपदाधिकारीलाई बिहान बालुवाटारमा भएको छलफलबारे जानकारी गराइएको परियारले बताए ।

अहिले बस्ने बैठकमा सहकारी प्रकरणबारे आफूहरूले राखेको माग दोहोर्‍याउने बताए । काङ्ग्रेस रवि लामिछानेको नाम सहितको छानबिन समितिकै पक्षमा अझै सम्म अडिग छ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्