कान्तिपुरका साहु कैलाशको हिरासत बसाई लम्बियो, तीन दिन फेरि थपियो म्याद

सोमबार, जेठ १४, २०८१

नागरिकता किर्ते प्रकरणमा समातिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न फेरि तीन दिन म्याद थप गरेको हो ।

मंगलबार पक्राउ परेका सिरोहियालाई यसरी शुक्रबार पनि तीन दिन म्याद थप्दै अनुसन्धान गर्न अदालतले समय दिएको थियो । सोमबार पनि फेरि तीन दिनको म्याद थपिएको हो । यसअघि प्रहरीले थप पाँच दिन म्याद थपेर अनुसन्धान गर्नुपर्ने माग गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्