भएभरका विपक्षीलाई देउवाले पठाए निम्तो

सोमबार, जेठ १४, २०८१

सत्तापक्ष संग कुरा नमिलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बैठक बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङले तोकादेशलाई जानकारी दिए । 

जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ।  बजेट १५ जेठमै  ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । सहकारी बचत अपचलन प्रकरणमा सत्ता र प्रतिपक्षको कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले विपक्षी बोलाएर निर्णायक धक्का दिने भएको हो। 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्