संसद्को गरिमा ह्रास हुन थालेपछि पूर्वसभामुख खिन्न

सोमबार, जेठ १४, २०८१


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमालाई ह्रास हुन दिन नहुने बताएका छन्  ।  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी सङ्गठन वाग्मती प्रदेशको प्रथम भेलाको आज उद्घाटन गर्दैै उनले भने, “संसदभित्र विचारको रिक्तता देखिएको छ, संसद्भित्रको छलफल र बहसलाई  स्तरीय बनाउनुपर्छ ।” 

उनले सरकारले पर्यटन क्षेत्रको विकासका लागि खोज, अनुसन्धान र आविष्कारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उपाध्यक्ष सापकोटाले मुलुकको विकासका लागि बृहद् वामपन्थी एकता आवश्यक रहेको बताए । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् पर्यटन विभागका इन्चार्ज पर्यटन ऐनलाई समयअनुसार परिमार्जन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई एकीकृत गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्