कांग्रेसले डाक्यो संसदीय दलको बैठक, प्रतिपक्षीलाई पनि बोलाईयो

सोमबार, जेठ १४, २०८१

नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।   कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भोलि  मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले भोलि बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । देउवाले दलको बैठकपछि प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्