ओलीको प्रदेशमा तीन दिन लगातार गणतन्त्र दिवस

सोमबार, जेठ १४, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

निर्णयमा सबै सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा आम जनसमुदायहरूले आ–आफ्नो कार्यालय परिसर, भवन तथा घरवरपर सरसफाइ गरी आज साँझ दीपावली गर्ने, भोलि बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बिहान ७ बजे सबै कार्यालय प्रमुखहरू, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि एवं सुरक्षा निकायहरू उपस्थित भई प्रभातफेरी गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार जेठ १४, १५ र १६ गते आ–आफ्नो घरमा सरसफाइ गरी दीपावली गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय भएको छ । कोशी प्रदेश एमाले अध्यक्ष केपी ओलीको गृह प्रदेश हो। 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:४२
प्रतिक्रिया दिनुहोस्