सङ्घीय निजामती सेवा विधेयकलाई अब राज्य व्यवस्था समितिले केलाउने

मंगलबार, जेठ १५, २०८१

सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा पठाइएको छ । 

आज जेठ १५ गते बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको छ । अब दफावार छलफल सकिएर फेरि सदनमा पेस भएपछि प्रक्रिया अगाडि बढ्नेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्