आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

बुधबार, जेठ १६, २०८१

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा तेजाबी सुन पनि ६०० रुपैयाँले बढेको हो । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ९३० रुपैयाँमा कारोबार भइ रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्