कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

बुधबार, जेठ १६, २०८१

कोशी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो । 

कोसी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्कीलाई सदनमा अविश्वासको प्रस्ताव समेत नल्याइ अर्को मुख्यमन्त्री नियुक्ति भएपछि सर्वोच्चमा रिट दायर गरेका थिए । 

यसअघि दुईपटक मुख्यमन्त्री भइसकेका नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रोपटक मुख्यमन्त्रीमा बहाल छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्