गठबन्धनप्रति बेलाबेलामा गन्गन् गर्ने माधव सहितका नेता पुगे बुढानीलकण्ठ

बुधबार, जेठ १६, २०८१

कांग्रेस सभापति शेरबहादुर देउवाको निम्तो मान्न तीन देउवा दरबार बुढानीलकण्ठ पुगेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

मधेस प्रदेशको सरकारको विषयमा छलफल गर्न नेताहरू जुटेको आकलन गरिएको छ ।

मधेस सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । त्यहाँ नयाँ सरकार गठनको पहल चलिरहेको छ ।

संघमा पनि कांग्रेसले जसपा नेपाल तथा लोसपा लगायतका दललाई समेटेर विपक्षी दलहरूको बैठक राख्दै आएको छ । एकीकृत समाजवादी भने सत्ता गठबन्धनमै छ । यद्यपि, सत्ता गठबन्धनप्रति बेलाबेलामा अध्यक्ष नेपालको असन्तुष्टि सार्वजनिक हुने गरेको छ । तर पछिल्ला दिनमा उनी चूपचाप बसेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्