हाजिरी जमानतमा कान्तिपुरका साहु कैलाशलाई प्रहरीले छोड्यो

बुधबार, जेठ १६, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासत बसाई सकिएको छ ।  छोराको जिम्मा लगाएर उनलाई प्रहरीले हाजिरी जमानतमा छाेडेकाे हाे ।

छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने सर्तसहित सिराेहिया हिरासतमुक्त भएका हुन् । 

नागरिकता किर्ते कसुरमा सिराेहिया पक्राउ परेका थिए । कान्तिपुरकाे मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगिएका सिराेहियालाई मंगलबार हेलिकाेप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे । उनको ललितपुर स्थित एक अस्पतालमा उपचार हुँदैछ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्