सोसल मिडिया
युनिकोड
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जेठ १६ गते बुधबार हाजिरी जमानतमा रिहा भएका छन् । तर उनको नागरिकता सम्बन्धी अनुसन्धानलाई प्रहरीले थप फराकिलो बनाउँदै लगेको छ।
जस अन्तर्गत प्रहरीले उनको नाममा वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने काशिराज दाहाललाई अनुसन्धानको केन्द्र बनाएको छ। दुबै जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। दाहाल प्रतिलिपी दिँदा शाखा अधिकृत थिए।
भट्टराई गृहसचिव समेत भइसकेका ब्यक्ति हुन् भने दाहाल हालसालै मात्र सहसचिवबाट अवकाश पाएका अधिकारी हुन् ।
हाजिरी जमानतमा रिहा भएपछि सिरोहियाले आफूलाई विनाकारण थुनेको भन्दै कानूनी सहायता मार्फत सबैलाई थान्को लगाउने चेतावनी दिएका छन् ।