सुर्खेतमा जिप दुर्घटना हुँदा चार जना ठहरै

बिहीबार, जेठ १७, २०८१

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान करिब ४ बजे जिप दुर्घटनामा परेको हो। 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्