सन्दीपलाई अमेरिकी दूतावासले बोलायो, भिसा दिए आजै राति अमेरिका उड्ने

बिहीबार, जेठ १७, २०८१

अमेरिका जान नपाएर रन्थनिएका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुताबासले बोलाएको छ। उनको अमेरिका जाने भिसा पाउने प्रक्रिया अन्तर्गत दूताबासले बोलाएको बुझिएको हो। 

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी प्रचण्ड सरकारले आग्रह गरेपछि उनलाई आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने गरि बोलाएको हो।  उच्च श्रोतका अनुसार उनले विश्वकप खेल्न पाउनेछन्। आजै राति अमेरिका उड्ने छन्। तर त्यसका लागि अमेरिकाले भिसा दिनुपर्ने हुन्छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्