ठाउँको ठाउँ तीस हजार घुस खाने नायव सुब्बालाई अख्तियारले लगायो सनासो

बिहीबार, जेठ १७, २०८१

तीस हजार रुपैयाँ घुससहित अख्तियारले नायब सुब्बालाई नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले आज कपिलवस्तु जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा कार्यरत नायब सुब्बा नरहरी खनाललाई घुससहित नियन्त्रणमा लिएको हो । 

उनीमाथि सेवाग्राहीले जग्गा नामसारी गर्ने प्रयोजनार्थ ३० हजार रुपैयाँ घुस मागेको भन्दै अख्तियारको बुटवल कार्यालयमा गुनासो गरेका थिए । 

अनुसन्धानका क्रममा उनले ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले खनालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोभन्दै ३० हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा आजै बिहीबार मुद्धा दायर छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्