अमेरिकाले चौथो पटक पनि सन्दीपलाई किन पत्याएन ? लाग्यो पूर्णविराम

बिहीबार, जेठ १७, २०८१

अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेले भिसा फेरि रिजेक्ट भएको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो। तर अन्तरवार्तापछि पनि उनको भीसा अस्वीकार भएको छ । उनले यसअघि तीन पटकसम्म भीसाका लागि प्रयास गरेका थिए ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सन्दीपले हालै बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएकबा थिए । बलात्कार मुद्दाबाट सफाइ पाएसँगै टी २० विश्वकपका लागि अमेरिका जाने तयारी गरेका उनलाई अमेरिकाले भीसा नदिएसँगै विश्वकप खेल्ने सपनामा  पूर्णविराम लागेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्