जेनेभा र जर्मनीको फेरो मार्न रहर गरेका राष्ट्रपतिलाई क्याबिनेटले खोलिदियो बाटो

बिहीबार, जेठ १७, २०८१

मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणको स्वीकृति दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रमलाई स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

उनका अनुसार राष्ट्रपति पौडेल नेतृत्वको टोली जेठ ३१ गते स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्नेछ। 

उनी जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ जान लागेका हुन्। उतैबाट जर्मनी जाने कार्यक्रम छ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्