स्वास्थ्यबाट लखेटिए बुर्लाकोटी सचिव, विनोदले मिलाउँदा मैनालीले पाए मन्त्रालय

बिहीबार, जेठ १७, २०८१

आज बसेको क्याबिनेटले तीन जना सचिवलाई यताउता पारेको छ। 

 बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा थन्क्याएको छ। थन्किदा थन्किदा बल्लतल्ल मन्त्रालयको अनुहार देखेका उनी फेरि धपाईएका हुन् ।

त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरिएको छ। थप एक सचिवको सरुवाको प्रस्ताव भएको भए पनि त्यो भने रद्द भएको हो।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्