सोसल मिडिया
युनिकोड
आज सुनको भाउ ह्वातै बढेको छ। हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदा आज सुनको भाउ प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ पुगेको छ। आजको जति मूल्य यस अघि कहिल्यै थिएन।
बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो भन्दा आज चाँदीको भाउ चाँही घटेको हो।