सोसल मिडिया
युनिकोड
शहरी विकास मन्त्री धनबहादुर बुढा र नुवाकोट ककनीको फोहोर प्रभावित क्षेत्रका फोहोरमैला ब्यवस्थापन सरोकार समिती बिच शुक्रबार छलफल भएको छ ।
काठमाडौ उपत्यकाको फोहोरले पारेको समस्याको र त्यसको समाधान पहिल्याउन दुई तर्फी छलफल भएको मन्त्रालय श्रोतले बताएको छ।
फोहोरले मान्छे बस्ने अवस्था नरहेको, फोहोर र मानिस छुट्टा छुट्टै रहनु पर्ने मुख्य माग संगै विभिन्न माग राखेर समितिका अध्यक्ष नवराज ढुङ्गाना सहितको टोलीले मन्त्री सँग छलफल गरेको हो।
काठमाण्डौ उपत्यकामा उत्पादन हुने फोहोरमैला तत्काल उपत्यकामै व्यवस्थापन गर्न सक्ने अवस्था र विकल्पका नरहेको र दीर्घकालीन समाधानका लागि सरकार लागि परेको मन्त्री बुढाले बताए।
उपत्यकाको फोहोर उपत्यका बाहिर लानेभन्दा पनि सधैंको चुनौतीका रूपमा रहेको फोहोरमैला व्यवस्थापनको दीर्घकालीन उपाय खोजी सरोकारवाला निकाय संग नेपाल सरकारले निरन्तर प्रयास रहेको मन्त्रीको भनाई छ।
फोहोरमैला व्यवस्थापन जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील भएकोले समितिले स्वास्थ्य,शिक्षा, भौतिक पुर्वाधार सहित ११ बुदें माग मन्त्री समक्ष पेश गरी छलफल टुंगिएको थियो ।
काठमाडौ उपत्यकाको फोहोरमैलालाई व्यबस्थित ढंगले दीर्घकालिन समाधानका लागि मन्त्री बुढाले पहलकदमी लिएका छन् । उनले उपत्यकाका मेयर सबैलाई डाकेर छलफल गरिसकेका छन् । फोहोरमैलाको समस्यालाई निमिट्यान्न पार्न मन्त्री बुढाले सरोकारवाला सबै र सरकारी निकाय सँगको समन्वयलाई तिब्र पारेका छन् ।