सिंगापुर जान बालेनलाई सरकारले अनुमति दिए पनि किन आफै भ्रमण रद्द गरे ?

शुक्रबार, जेठ १८, २०८१

बिहिबार बसेको क्याबिनेटले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको सिंगापुर भ्रमण स्वीकृत गर्यो। तर उनले त्यसको भोलिपल्ट शुक्रबार सिंगापुर नजाने घोषणा गरे। 

सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिन जाने उनले स्वीकृति मागेका थिए । जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको उक्त समिटमा भाग लिन जान मन्त्रिपरिषद्ले हिजोमात्रै स्वीकृति दिएको थियो । मेयर साहले किन भ्रमण रद्द गरे त्यो भने प्रष्ट भएको छैन। 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्