सोसल मिडिया
युनिकोड
धादिङको खनियाबास गाउँपालिकाका विभिन्न विद्यालयहरूबाट छनोट गरिएका आधारभुत तहका १५ जना शिक्षिका तथा कर्मचारीहरु ४८ दिने Universal Goodness-5 (UG5) तालिममा भाग लिन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।
उक्त तालिम थाईल्याण्डको धम्मकाया फाउण्डेशनको समन्वय र Khlong Sam Sub-District Administrative Organization (स्थानीय तह) को प्रायोजन संचालन हुन लागेको छ । सो तालिम Khlong Sam Sub-District स्थित Boon Kum Rangsan school र Khlong Sam School मा संचालन हुनेछ । सो तालिम "Study tour, Practical training and Teachers Exchange" कार्यक्रम अन्तर्गत हुने आयोजकहरूले बताएका छन् ।
सो तालिम आयोजना गर्न धम्मकाया फाउण्डेशनको भिक्षु थावन थावरो महास्थविरको भूमिका रहेको पालिकाले बताएको छ। तालिम कार्यक्रम प्रायोजन गर्ने Khlong Sam Sub-District Administrative Organization प्रति पनि खनियाबास गाउँपालिकाले आभार प्रकट गरेको छ।
त्रिभुवन विश्वविध्यालयका रजिष्ट्रार डा. केदार रिजाल, Early Child Development विज्ञ सविता खनाल र खनियाबास गाउँपालिकाका तात्कालिन शिक्षा शाखा प्रमुख धिरज बस्नेतले तालिमको लागि शिक्षिका छनोट गरेका थिए।
खनियाबास गाउँपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाता मियामी कन्सल्टिङ सर्भिसेजले तालिम कार्यक्रमको समन्वय र परामर्श सेवा प्रदान गरेको थियो । कार्यक्रमले शिक्षिकाहरूको क्षमता विकासमा सहयोग पुग्ने र खनियाबास गाउँपालिकाका विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान पुग्ने विश्वास गाउँपालिकाले लिएको अध्यक्ष रण बहादुर तामाङले बताए।