देउवाको योजना माधवले तुहाए, उपेन्द्रलाई मर्माहत पार्ने प्रोजेक्टमै मिसिए

शनिबार, जेठ १९, २०८१

माधव नेपालले कांग्रेस सभापति शेर बहादुर देउवालाई दिएको वचनलाई कायम राख्न नसक्दा मधेश प्रदेशमा नेपाली कांग्रेससहितको सरकार बनाउने प्रयास असफल भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भएपछि कांग्रेसको प्रयास पुनः विफल भएको हो ।

मधेशमा अहिले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार छ । जसपा नेपाल विभाजन भएपछि मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा छन् । अल्पमतमा रहेका यादवलाई विश्वासको मत दिलाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाउने प्रयास गरेका थिए ।

सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा लामो छलफल भएको थियो । अन्ततः एकीकृत समाजवादीका अध्यक्ष नेपाल वर्तमान सत्ता समीकरणतिरै फर्किएपछि जसपा नेपालका अध्यक्ष यादव र कांग्रेस सभापति देउवाको प्रयास यसपटक त्यसै तुहिएको छ। त्यहाँ जनमतलाई मुख्यमन्त्री मान्न सत्ताधारी दल एक मत भएका छन्।  मधेशमा पहिलो पटक उपेन्द्र यादव सत्ता बाहिर पुग्ने भएका छन्। उपेन्द्रलाई मर्माहत पार्ने ओली-प्रचण्डको प्रोजेक्टमा माधव मिसिएपछि कांग्रेस रमिते बन्ने भएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्