डोल्पामा यार्चा टिप्न गएका पाँच जना लेक लागेर उतै अस्ताए

शनिबार, जेठ १९, २०८१

डोल्पाका विभिन्न पाटनमा यार्चा संकलन गर्न गएका पाँच जनाको चिसो र हाइअल्टिच्युडका कारण (लेक लागेर) मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोटका दुई, रोल्पाका एक, डोल्पाका एक र रुकुम पश्चिमका एकजना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाइअल्टिच्युडका कारण बिरामी भई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा उनीहरूको मृत्यु भएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्