सोसल मिडिया
युनिकोड
संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरु हुनेछ।
आजको प्रतिनिधिसभा बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डले जारी गरेको सूचनामा उल्लेख छ।
त्यसैगरी राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ। राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची छ।