सोसल मिडिया
युनिकोड
काठमाडौंबाट धनगढी उड्न ठिक्क परेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको छ। एसएचए २२१ नम्बरको ९ एनएएनएस जहाज धावनमार्ग फर्काइएको त्रिभुवन विमानस्थलले बताएको छ।
जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षण गर्नु पर्ने भएपछि जहाज फिर्ता बोलाइएको विमानस्थल स्रोतले जनाएको हो । विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८ः२५ मा धनगढीका लागि उडान गरिसक्नु पर्ने थियो। विमानमा समस्या देखिए पछि एयरलाइन्सले अर्को जहाज पठाएको बुझिएको छ।