सोसल मिडिया
युनिकोड
आईसीसी ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि सहज जित नकालेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा अमेरिकाले सात विकेटको जित निकालेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो ।
जितका लागि १९५ रनको लक्ष्य पाएको अमेरिकाले १७.४ ओभरमा १९७ रन बनायो ।
अमेरिकाविरुद्धको खेलसँगै क्यानडाले पनि विश्वकपमा डेब्यु गरेको छ।
क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १४ बलअगावै भेट्टायो। अमेरिकाका लागि आराने जोन्स ९४ र केरि एन्डरसन ३ रनमा नटआउट रहे। जोन्सले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे।
एड्रिस जोसले ६५ रनको योगदान दिए। उनले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
ओपनर स्टेभन टेलर शून्य रनमै करिम सानाको बलमा एलबीडब्ल्यू धरापमा परे। अर्का ओपनर तथा कप्तान मोनांक पटेल १६ रनमा क्याच आउट भए।
क्यानडाका लागि करिम साना, डिलोन हेलिंगर र निखिल दत्ताले समान १/१ विकेट लिए।
त्यसअघि अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो।
क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए।
ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। श्रेयास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे।