घट्यो आज सुनको भाउ, तोलाको कति छ ?

आइतबार, जेठ २०, २०८१

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँ र  तेजाबी सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन बिहीबार एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्