प्रचण्ड भेट्न ओली हान्निएर सिंहदरबार पुगे, बजेट र सरकारको गरे मन्थन

आइतबार, जेठ २०, २०८१

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न सिंहदरबार पुगेका छन् ।

दुई नेता बिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा   समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

छलफलमा विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेस सरकार लगायतका विषयमा छलफल हुने बुझिएको छ। 

प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेका थिए। मधेसमा जनमत पार्टीलाई मुख्यमन्त्री दिन सबै राजी भएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्