सोसल मिडिया
युनिकोड
रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गर्न खप्पिस नवीन सुवेदीलाई अदालतले दोषी देखाएको छ। उनी सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। सुवेदीलाई विशेष अदालतले दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर, न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नवीनसहित हरिकुमारी सुवेदी र बबिता पोखरेललाई दोषी ठहर गरेको हो ।
नवीनलाई दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताईएपनि सजाय निर्धारणका लागि जेठ ३२ गते पेसी तोकिएको अदालतले जानकारी दिएको छ । उनले श्रीमती र अर्का आफन्तका नाममा सम्पत्ति लुकाएका छन्।