देशकै पहिलो ‘टपर’ महिला सहसचिव श्रेष्ठले नियुक्ति पत्र पाएपछि क-कसलाई दिईन् जस ?

आइतबार, जेठ २०, २०८१

देशकै पहिलो ‘टपर’ महिला सहसचिवमा दर्ज भएकी कृष्णकुमारी श्रेष्ठले सहसचिवमा नियुक्त भएको पत्र आज आइतबार बुझेकी छन्।

नेपाल प्रशासन सेवाको सहसचिवतर्फ खुला प्रतियोगितामा उनले देशकै पहिलो ‘टपर’ महिला सहसचिवको रेकर्ड नै कायम गरेकी हुन् । जेठ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठ सहितका अन्य सहसचिवलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। 

जेठ ४ मा लोक सेवा आयोगले सहसचिवमा सिफारिस गरे पनि सिफारिश भएको १६ दिनपछि जेठ २० गते नियुक्ति पत्र उनको हातमा पर्यो।  शाखा अधिकृत तहबाट सेवामा प्रवेश गरेको एक दशकभित्रै उनले सहसचिव बनेर देशको सेवा गर्ने दुर्लभ अवसर पाएकी छन्, अर्थात उनलाई त्यो सौभाग्य जुरेको छ। 

कृष्णकुमारी पाल्पाको रामपुर नगरपालिका–८ मा जन्मेहुर्केकी ३७ वर्षीय कृष्णकुमारीले नियुक्ति पत्र बुझेपछि सामाजिक संजालमा यस्तो लेखेकी छन्- हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौ। 

आज, नेपाल सरकार (मन्त्रिपरिषद् ) को मिति २०८१/०२/१७ को निर्णयानुसार नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव पदमा नियुक्ति पाएको छु। यसका लागि नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु।🙏

सहसचिव पदको परीक्षामा उत्तीर्ण हुँदा मप्रति  माया, सद्भाव र खुशी व्यक्त गर्दै मलाई बधाई तथा शुभकामना दिनु हुने माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङज्यू, माननीयज्यूहरु, श्रीमान् सचिवज्यूहरु, सहसचिवज्यूहरु, सम्पूर्ण आदरणीय सर, म्याडमहरु, मन्त्रालयका कर्मचारी साथीहरु, आफन्तजन, परिवारका सदस्यहरुलगायत मेरा सम्पूर्ण अनन्य मित्रहरुप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गर्दछु।🙏🙏

यस अवसरमा सहसचिव पदको परीक्षा तयारी गर्ने क्रममा मलाई निरन्तर हौसला दिनुहुने र "तपाईं"  पास हुनुहुन्छ भनेर मेरो आत्मविश्वास बढाइदिनु हुने BAT- 28 का साथीहरूलाई विशेष धन्यवाद।🙏

त्यसैगरी,  लिखित परीक्षा उत्तीर्ण पछि दोस्रो चरणको मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि Key idea बताइदिनु हुने श्रीमान्  सहसचिवज्यूहरु: श्री हेमराज तामाङ ( मेरो महाशाखा प्रमुख), श्री स्किम श्रेष्ठ ( गृह मन्त्रालय),  श्री मिरा आचार्य ( स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहदा एउटै शाखामा कार्यरत ), श्री ज्ञानहरि घिमिरे ( उपसचिव  ब्याची), श्री प्रदीप परियार, श्री कुमानसिं गुरुङ र श्री पुरुषाेत्तम शर्मा ( अधिकृत ब्याची)  सर म्यामहरुप्रति आभारी छु र हार्दिक धन्यवाद व्यक्त गर्दछु।🙏

प्रतिस्पर्धाकै चरणमा Idea share गर्नु हुने कृष्ण पौडेल सर, कविता रेग्मी म्याम र चैतन्यलाई पनि धेरै धन्यवाद ।🙏

निरन्तर हौसला प्रदान गर्नु हुने प्रमुख जनस्वास्थ्य प्रशासक श्री यशोदा अर्याल म्याम, उपसचिवहरु: रेजिना कोइराला, अनुषा कोइराला, निर्मला न्यौपाने, कविता निरौला ढुङ्गेल र कोपिला राई म्यामहरुलाई सधैं सम्झिरहनेछु। हजुरहरुप्रति आभारी छु।🙏

यस क्षणमा मेरा घर र माइती  परिवारका सम्पूर्ण सदस्यहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।🙏 दुई बच्चाको हेरचाह गर्दै, घर र कार्यालयको काममा खटिदै मेरो लागि उपयुक्त पढ्ने वातावरण सिर्जना गरिदिनुहुने मेरो श्रीमान जगत बानियाप्रति जीवनभर ऋणी रहनेछु।

अन्त्यमा, मेरो सङ्घर्ष र सफलताको कथा धेरै जनाबीचमा पुर्याउनु हुने नेपाल समाचारपत्र, जनआस्था साप्ताहिक र कान्तिपुर राष्ट्रिय दैनिकलाई विशेष विशेष धन्यवाद।🙏🙏

आजबाट थप जिम्मेवारी थपिएको छ। 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्