ओलीले बालेनलाई घुँएत्रो हाने, बालेनले यसरी खोले जवाफी फायर

सोमबार, जेठ २१, २०८१

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई मौका पाउना साथ् झम्टीहाल्छन्।  वचनीवाणले विरोधी र फरक कित्ताका लागि घुएत्रो हान्न खप्पिस ओलीलाई बालेन जवाफी फायर खोलेका छन्। 

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका हुन् । उनले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गामा गर्न खोजिएको नीतिगत घोटालामा ओलीको संलग्नताको आरोप समेत लगाएका छन् ।

“झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनुभएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ ।”

आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो भएको उनले उल्लेख गरेका छन् । “...अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद,” उनले लेखेका छन् ।

9818faa2-fd15-4365-a376-564dbcbf5a5c-1717390305.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्