देउवा-उपेन्द्रलाई माछो माछो भ्यागुत्तो पारेका माधवले प्रचण्ड भेटेपछि डाके बैठक

सोमबार, जेठ २१, २०८१

प्रधानमन्त्री प्रचण्ड संग एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेट गरेका छन्।  प्रचण्ड संगको एक घन्टे वार्ताले हौसिएका नेपालले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाएका छन्। महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल गर्ने भनिएको बैठकले मधेस प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गर्ने बुझिएको छ। 

कांग्रेस सभापति शेर बहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवलाई मधेशमा सरकार बनाउन सहयोग गर्ने वचन दिएका नेपाल अन्तिममा प्रचण्ड-ओली कित्तामै सामेल हुने भएका हुन्। एकीकृत समाजवादीका मधेश प्रदेशमा ७ सांसद छन्। 

मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ । मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् । उपेन्द्र यादवलाई मधेशको सत्ताबाट गलहत्याउने प्रचण्ड-ओलीको योजनामा एक सांसदको अपुग हुने बुझिएको छ। 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्