प्रचण्ड र ओलीको गफगाफ हुँदाहुँदै देउवा फुत्त छिरे, त्यो अगावै माधव घर फिरे

सोमबार, जेठ २१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गफगाफ भएको छ । 

प्रचण्ड र ओलीको गफगाफ चल्दै गर्दा देउवा पनि मिसिएको बालुवाटार श्रोतको भनाई छ।

भेटमा समसामयिक र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।

आउँदो आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि संसद्‌मा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भने आइतबार सिंहदरबारमा पनि छलफल भएको थियो । आजै माधव नेपाल र प्रचण्डको पनि बालुवाटारमा भेट भएको छ। माधव घर फर्किएपछि प्रचण्ड-ओली र देउवाको भेटवार्ता भएको हो।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्