नेप्से परिसूचकमा ३.९७ अंकको गिरावट, कति भयो कारोबार ?

सोमबार, जेठ २१, २०८१

आज नेप्से परिसूचकमा ३.९७ अंकले गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ४० लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव १९ प्रतिशतले घटेर २ हजार ७९ दशमलब ०७ को बिन्दुमा पुगेको हो ।

नेप्सेमा सोमबार ८८ लाख २० हजार १२५ वटा शेयर कारोबार हुँदा ११० कम्पनीको मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

सोमबार नेप्सेमा भएको शेयर कारोबारमा बुद्धभूमि हाइड्रोपावर नेपाल कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्