सोसल मिडिया
युनिकोड
आजैभोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेरको तयारी गर्ने भएका छन् । त्यसका लागि उनले एमाले अध्यक्ष केपी ओलीबाट अनुमति पाईसकेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ । रन्जिताले भूमि ब्यबस्था मन्त्रालय खोजेपनि ओलीले त्यो मन्त्रालय नछाड्ने भएपछि उनलाई माओवादीको भागकै पर्यटन जिम्मा लगाउने लगभग टुङ्गो लागेको छ। ।
अहिले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङ छन् । रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई विना विभागीय मन्त्री बनाउने तयारी छ । रन्जितालाई मन्त्री बनाउन प्रचण्ड शुरुबाटै सकारात्मक छन् । केही समयपछि मन्त्रालय विभाजन गर्ने कुरा समेत अगाडि बढेको श्रोतको भनाइ छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विभाजन गरेर जनमत पार्टीलाई समेत प्रचण्डले सरकारमा सामेल गराउने भएका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत अमेरिका भ्रमणपछि स्वदेश आएलगत्तै सरकार पुनर्गठन हुने श्रोतको भनाइ छ।