सोसल मिडिया
युनिकोड
सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेमाथि महाअभियोग लगाउँछु भनेर धम्की दिएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले विगतमा महाअभियोगको दुरूपयोग गर्ने काम कांग्रेसबाट भएको चर्चा गरे । “महाअभियोगको चर्चा सुन्यौँ, लगाउन पाइन्छ संविधानले अधिकार दिएको छ,” उनले प्रश्न गरे, “तर, विगतमा महाअभियोगको दुरुपयोग कसरी भएको छ ? बहालवाला प्रधानन्यायाधीश सुशिला कार्कीमाथिको महाअभियोग के हो ? चोलेन्द्र शमशेरमाथि महाअभियोग किन आयो ?”
उनले एमाले पार्टीसँग पनि संख्या भएको भन्दै एमालेले त्यसको दुरूपयोग नगर्ने बताए । “यस्ता खाले धम्कीले एमाले डराउँदैन,” उनले भने । उनले एमाले जनताको पार्टी भएको समेत भन्न भ्याए।