उपेन्द्रलाई चक्मा दिँदै मधेश प्रदेश सरकारबाट माधव नेपालको पार्टी बाहिरियो

मंगलबार, जेठ २२, २०८१

मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ।

एकीकृत समाजवादीबाट मन्त्रिमण्डलमा रहेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।

जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन् । उपेन्द्र यादवको मधेस सत्ता जोगाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवाले मनाएको भनिएपनी ब्यबहारिक रूपमा त्यो देखिएन। अब जनमतले त्यहाँ मुख्यमन्त्री पाउनेछ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्