प्रधानमन्त्री प्रचण्ड किन पुगे पोखरा ?

मंगलबार, जेठ २२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा पुगेका छन्। 

प्रधानमन्त्री दाहाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र) का सचिव एवं पार्टीको गण्डकी प्रदेश इञ्चार्ज दिनानाथ शर्मा, सहइञ्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, यहाँस्थित सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका त्यहाँ पुगेका हुन्। 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्