सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री प्रचण्ड आफ्नो आफ्नो मौजुदा सरकारका मन्त्री १९ औं पटक फेरबदल गर्ने साईतको पर्खाईमा छन्। केहि दिन भित्रै मन्त्रीको हेरफेर गर्ने निचोडमा पुगेका उनले त्यस लागि एमाले अध्यक्ष केपी ओलीको अनुमति लिईसकेका छन्।
सरकारलाई समर्थन गरेका दल मध्येको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउनै पर्ने प्रचण्डलाई बाध्यता छ। त्यस्तै जनमत पार्टीलाई सरकारमा सहभागी गराउन पनि उनी माथि चर्को दबाब छ। माधव नेपालको जुनसुकै बेला चित्त फाट्ने भयले पनि प्रचण्ड ती दुई पार्टीलाई सरकारमा हुल्न चाहन्छन।
अहिले नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सरकारमा जाने निश्चित भएको छ । नाउपाका नेताहरूका अनुसार चौधरीले लिने मन्त्रालय पनि टुंगो लागिसकेको छ । माओवादी केन्द्रको भागमा परेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय चौधरीलाई दिने गरी सहमति जुटेको नाउपाका नेताको दाबी छ ।
जनमत सरकारमा तत्काल नआउने भएकाले एमालेको भागबाट खाली गराउन लागिएको मन्त्रालय भने तत्काल खाली नहुने भएको छ । जनमत र नाउपाका लागि एमाले र माओवादीले एक/एकवटा मन्त्रालय छोडेर सरकारमा ल्याउन लागेका थिए । जनमतले केन्द्रमा भन्दा पनि मधेशमै ज्यादा रुची देखाएको छ।
प्रचण्ड मन्त्रालय विभाजन गरेरै भएपनि प्रभु साहलाई मन्त्री बनाउन चाहन्छन। उनले त्यो कुरा ओलीलाई बताएर एमालेको एउटा मन्त्रालय खाली गर्न आग्रह गरेपनि ओली त्यसमा तयार भएका छैनन्। उद्योग मन्त्रालय विभाजन गरेर समाजवादी बाट शहरी मन्त्री भएका धनबहादुर बुढालाई उता सारेर प्रभुलाई सहरी दिने प्रचण्डको योजना रहेको श्रोतको दाबी छ। अर्कातिर माओवादीका मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने गृहकार्य पनि हुँदै गरेको श्रोतको दाबी छ तर अर्थमन्त्री वर्षमान पुनको हकमा भने त्यो लागु हुने छैन।