मोदीको पार्टीले २०९ सीट जित्दा राष्ट्रिय कांग्रेसले कति सीट फुत्कायो ?

मंगलबार, जेठ २२, २०८१

भारतमा भएको लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम जारी छ ।

नेपाली समयअनुसार मंगलबार राति १०:२५ बजेसम्म ४३४ सिटको मत परिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २०९ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ८० सिट जित हात पारेको छ ।

यसैगरी समाजवादी पार्टीले ३३, अल इन्डिया तृणमुल कांग्रेस २२ र जनता दल (युनाइटेड) ले १२ सिटमा जित निकालेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्