अनिल शाह र कुशल मल्ल आउट, दबाबमा नेपाल

मंगलबार, जेठ २२, २०८१

नेपाले तेस्रो विकेट पनि गुमाएको छ । अनिल शाह ११ रन बनाएर आउट भएका छन् । उनले १२ बलमा ११ रन बनाएका हुन् । उनलाई नेदरल्यान्ड्सका टिम प्रिन्ग्लेले आउट गराएका हुन् ।

उनी आउट हुँदा नेपालले ४० रन मात्र बनाएको थियो । कुशल मल्ल पनि आउट भएका छन् । उनले नौ रन बनाएर आउट भए । नेपालले ५२ रन बनाउँदा चौथो विकेट गुमाएको हो ।

अहिले नेपालका लागि कप्तान रोहित पौडेलसँगै दीपेन्द्रसिंह ऐरीले ब्याटिङ गरिरहेका छन् । 

नेपालका ओपनर आसिफ सेख चार रन बनाएर आउट भएका थिए । उनलाई पनि नेदरल्यान्ड्सका टिम प्रिन्ग्लेले आउट गराएका हुन् । उनी आउट हुँदा नेपालले १० रन मात्र बनाएको थियो ।

नेपालको पाँचौं विकेट पतन भएको छ। दीपेन्द्र सिंह ऐरी १ रन बनाएर आउट भएका छन्। त्यसअघि कुशल मल्ल ९ रन, अनिल साह ११ रन, कुशल भुर्तेल ७ र आशिफ शेख ४ रनमा आउट भएका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:४२
प्रतिक्रिया दिनुहोस्