सोसल मिडिया
युनिकोड
रक्सी पिएर लट्ठ भएको एक पुरुषले श्रीमती र आफ्ना ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन्। राजधानीको चाबहिल स्थित सरस्वतीनगरका ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएका हुन्।
श्रीमती र छोरीलाई आगो लगाएपछि आफैंलाई पनि आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएका हुन्।
डीएसपी थेबेका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ। १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ । १६ वर्षकी छोरीको अवस्था नाजुक छ।