मधेसका मुख्यमन्त्रीको बिराम सभामुखले बुझेनन्, सरोजको गयो पद

बुधबार, जेठ २३, २०८१

मधेस प्रदेशका विरामी मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम सार्न गरेको प्रस्ताव सभामुखले लत्याई दिएका छन् ।

मुख्यमन्त्री यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिने गरी बुधबारको समय माग गरेका थिए। उनले जेठ २८ गतेका लागि विश्वासको मत लिने प्रस्ताव पनि गरेका थिए। 

मुख्यमन्त्री यादवले विश्वासको मत सार्न प्रस्ताव गरे पनि प्रदेश सभा सचिवालयले दिउँसो ३ बजेको लागि पूर्वनिर्धारित कार्यसूची नै प्रकाशित गरिसकेको थियो। 

सभामुख रामचन्द्र मण्डलले २४ घण्टाअगावै जानकारी दिनुपर्ने भन्दै मिति सार्न नसकिने जवाफ दिए। त्यसपछि ढिलो गरी ५ बजे बसेको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची राखिएको छ।

तर, प्रदेश सभामा सरकार पक्षका कोही पनि मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गर्न सांसदहरूले माग गरे।

त्यसपछि सभामुख मण्डलले प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरेका छन्। आज राती १२ बजेपछि मुख्यमन्त्री संवत् वर्खास्तमा पर्नेछ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्