कोशी प्रदेश विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने

बुधबार, जेठ २३, २०८१

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले आज पूर्ण इजलासमा पठाउने आदेश गरेको हो। उक्त विवादमा संवैधानिक व्याख्या जरुरी भएको उल्लेख गर्दै इजलासले तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासमा यही जेठ २७ गतेदेखि सुनुवाइ गर्नेछ।

नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएपछि गत २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भउका थिए। प्रदेश प्रमुखको उक्त निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
 
रिट निवेदनमा प्रदेश प्रमुखले गत वैशाख २६ गते सरकार गठनका लागि गरेको आह्वान, गत वैशाख ७ गते प्रदेशसभाले पारित गरेको सङ्कल्प प्रस्ताव र हिक्मत कार्कीलाई मुख्यन्त्रीमा नियुक्ति बदर गर्न माग गरिएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्